सिसडोलको अवस्था बन्चरे डाँडामा दोहोर्‍याउने छैनौँ; मेयर शाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिसडोलको जस्तो अवस्था बन्चरे डाँडामा नहुने बताएका छन । उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् । आजदेखि कुनै अवरोध नभए दैनिक २५० देखि ३५० गाडी फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन । उनले भने, “हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बन्चरेमा दोहोर्‍याउने छैनौँ,” उनले फेसबुकमा लेखेका छन्, “थुप्रिएका फोहोरहरूको व्यवस्थापन नभई अन्य विकल्पहरूमा जानु व्यावहारिक रूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइरहेका हौँ ।”

बन्चरेडाँडामा अज्ञात समूहले फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठाइएको थिएन । माग पूरा नभएको भन्दै स्थानीयले समेत फोहोर विसर्जनमा अवरोध गरेर पटक–पटक आन्दोलन गर्दै आएका छन् । उनले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरू रहेका पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array