अफगानिस्तानमा भारी वर्षा, २१ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – अफगानिस्तानमा भारी वर्षा कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको जनाइएको छ ।

प्राकृतिक प्रकोपले सयौँ आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दशौँ बगैँचाहरू प्रभावित भएका छन् । करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा भएको व्यापक वर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array