आजको मौसम: देशका विभिन्न स्थानम वर्षा, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौ – देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । आज मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

त्यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गए रातिदेखि भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array