उम्मेदवारी मनोनयन पत्रको जिम्मेवारी सभापति देउवालाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ ।

कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो । यस्तै, निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने, निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array