आत्मघाती बम आक्रमणमा अफगानी धार्मिक नेताको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको ज्यान गएको छ । तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो ।

तालिवान सूत्रहरूले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टा भित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यस हत्याका जिम्मेवार यकिन भइसकेको छैन । तर, हक्कानीमाथि यसअघि पनि इस्लामिक स्टेट ९आईएस० समूहले आक्रमण गरिसकेको छ ।

काबुलस्थित एउटा इस्लामिक पाठशालामा हक्कानी उपस्थित रहेको बेला आक्रमण गरिएको हो । हक्कानी आईएससँग आबद्ध जिहादी लडाकु समूह इस्लामिक स्टेट कोर सान प्रान्त ९आईएस(के०का कट्टर विरोधी रहँदै आएका थिए ।

आईएसले तालिवान सरकारको विरोध गर्दै आइरहेको छ । एकजना वरिष्ठ तालिवान अधिकारीले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्