देश विकासमा युवाहरुको भूमिका उल्लेखनीयः प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा सरकार सधैँ युवाहरुको साथमा रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले देश विकासमा युवाहरुको भूमिका उल्लेखनीय रहेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले देश विकासमा युवाहरुको भूमिका उल्लेखनीय रहेको जनाए ।

- Advertisement -
Ad image

उनले भने, ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दै छु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’ अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

‘रोजगारी प्रवद्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभन्न कार्यक्रम ल्याएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँहरुलाई जीवन उपयोगी सिप सिकाउनुपर्छ । अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेछ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्