केरुङ र तातोपानी नाका बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल र चीनबीचका दुई प्रमुख नाका केरुङ र तातोपानी नाका बन्द भएको छ । तिब्बत क्षेत्रमा कोभिड – १९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । भन्सार कार्यालयले तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको भए पनि शनिबारदेखि रसुवागढी नाका ठप्प भएको हो ।

त्यसैगरी, तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको स्रोतले जनाएको छ । अनौपचारिक जानकारी अनुसार कोरोना बढेपछि पहिला चरणमा त्यहाँका जिल्लाहरुले ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको बताएको छ । यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको स्रोतको भनाइ छ ।

तिब्बत स्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array