अवैध कपाल बोकेको एक कन्टेनर प्रहरी नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – झापाको गौरीगञ्ज नाकाबाट प्रहरीले करिब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको कपालसहित एक कन्टेनर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो । सशस्त्र प्रहरीले बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडक खण्डअन्तरगत गौरादह– ७ स्थित ग्वालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शंका लागि चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नीलकण्ठ ढुवानी सेवाबाट सञ्चालित कन्टेनर गौरीगञ्जबाट दमक हुँदै काठमाडौँ तर्फ जान लागेको थियो । सोही कन्टेनर बिर्तामोडबाट ट्रान्सपोटको अन्य सरसामान बोकेर काठमाडौँको लागि हिँडेको बुझिएको छ । बिर्तामोडबाट हिँडेको कन्टेनर गौरीगञ्ज पुगेर अवैध कपाल पनि लोड गरी लैजान खोजेको अवस्थामा सशस्त्रले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । एउटा पोकामा ३० केजी कपाल रहेको छ। एक केजी कपालको भारतीय २ हजार ५ सय रुपैयाँ पर्छ ।

९९० केजी कपालको नेपाली बजार मुल्य करिब ३९ लाख ६० लाख रुपैयाँ पर्छ । कन्टेनरमा ट्रान्सपोटको अन्य सरसामानको बिजबिजक थियो । काठको सामान, कपि किताब र कपडा गरी २९ लाख ८८ हजार ३०२ रुपैयाँ बराबरको सामानको बिलबिजक चालकसँग रहेको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएको कन्टेनरलाई बुधबार बेलुका सशस्त्र बेस क्याम्प बैगुनधुरामा राखिएको थियो । कन्टेनर, चालक र कन्टेनरभित्र रहेका अन्य सरसामानलाई ९४ लाख ४८ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी  पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्