बझाङमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा भेटिए, हत्या कि आत्महत्या ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

बझाङको वुंगल नगरपालिका ९ रारुमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा भेटिएका छन्। उनीहरूको मृत्यु भएको छ | घट्ना स्वाभाविक नदेखिएको स्थानीय वासिन्दाले वताएका छन् |

मृतकमा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दाका अनुसार गीताका श्रीमान् पुष्कर पार्की हिजो मात्रै भारतबाट फर्किएका हुन्।

घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको  र प्रहरी अनुसन्धान पछि मात्र थप कुरा वताउन सक्ने जिल्ला प्रहरी कार्यालय बझांगका प्रवक्ताले वताए ।

प्रतिक्रिया दिनुहोस्

Array