मतदाता नामावलीमा दाबी बिरोध आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी-विरोध) समेतको कार्यक्रम सञ्चालन हुने बताएका हुन ।

अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

- Advertisement -
Ad imageAd image

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्