अपराधिक दण्ड सजाय पाएका व्यक्तिलाई समाजको विकासमा प्रयोग गर्नुपर्छ; मन्त्री खनाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ – सरकारले अपराधिक दण्ड सजाय पाएका व्यक्तिलाई समाजको विकासमा प्रयोग गर्नु पर्छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुद्दाका आरोपितलाई हिरासत वा जेलमा राख्नुभन्दा पनि राज्यले कुनै असल काममा जनशक्ति रुपमा प्रयोग गर्नुपर्ने बताएका हुन । बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै खनालले अपराध अनुसन्धानका लागि नेपाल प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको जनाए ।

उनले भने, “दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पुर्याउनुपर्छ ।” समय अनुकूल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो । उनले भने, “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धानलाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए ।

बागमती प्रदेशका महान्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले बदलिँदो कानुनी पक्षलाई ख्याल गर्नुपर्ने बताए । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उनले समाज जटिलतातर्फ जाँदै गरेको बताए । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array