आज संसद बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ -संघीय संसद प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै छ । आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत् हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची संसद सचिवालयले जनाएको छ । शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको हो ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्