एमालेको दल दर्ता; बलियोलाई वैशाखीको आवश्यकता पर्दैन – ज्ञवाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ता गरेको छ । एमालेले आपनो पार्टी १० औं नम्बरमा दर्ता गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र लिएर दल दर्ताका निम्ति महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता कृष्णगोपाल श्रेष्ठलगायत आयोग पुगेका थिए।

यसैक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बलियोलाई वैशाखीको आवश्यकता नपर्ने जनाए । एमाले अझै बलियो रहेको जिकिर गरेका छन् । उनले भने, ‘कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने हो। गठबन्धन सामर्थ्यको प्रतीक होइन। बलियोलाई वैशाखीको आवश्यकता पर्दैन।’

आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Array