मेस्सी र नेयमार चम्कदा पिएसजीको सानदार सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

पिएसजी यतिमै रोकिएन । दोस्रो हाफको दुवै गोल मेस्सीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरेपछि पिएसनी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए ।

ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् । बलियो पिएसजीविरुद्ध क्लेरमन्ट फुटले काउन्टर अट्याकमा रणनीति बुनेपनि सफल हुन सकेन । यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array