दक्षिण अफ्रिकासँग आयरल्यान्ड २१ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – दक्षिण अफ्रिकाले टि २० सिरिजको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ । यो सँगै सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो ।

आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे । अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array