बंग्लादेश-जिम्मावे टी-२०: सिरिज जिम्मावेलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – टी–२० सिरिजमा घरेलु टोली जिम्बाब्वेले बंगलादेशलाई २–१ ले पराजित गरेको छ । गएराति तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई १० रनले हराउँदै जिम्बाब्वेले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

१ सय५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सफल भएको थियो । अफिफ हुसेनले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान दिए । महमुदुल्लाहले २७, मेहदी हसनले २२,नजमुल हुसेन सान्तोले १६, अनमुल हकले १४ र लिटोन दासले १३ रन जोडे ।

जिम्बाब्वेका लागि भिक्टोर न्युउछीले तीन, ब्रड इभन्सले दुई तथा लुक जोन्ग्वे, विस्ली मधेभरे र सेन विलियम्सले समान एकरएक विकेट हात पारे । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । घरेलु टोलीका लागि रायन बर्लले अर्धशतकीय पारी खेले । २८ बलको सामना गरेका उनले ६ छक्का र दुई चौकासहित ५४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

Array