फिल्म अभिनयमा फर्किने तयारीमा प्रियंका कार्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – अभिनेत्री प्रियंका कार्की फिल्म अभिनयमा फर्किने भएकी छन् । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा सुरु गर्न लागेकी हुन् ।
‘फूलबारी’ का लागि प्रियंका अनुबन्धित भएको निर्देशक गुरुङले जानकारी दिएका छन् । फिल्ममा प्रियंका, दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिमबाट छायांकन तयारी भइरहेको फिल्म पारिवारिक कथामा बन्न लागेको हो ।

प्रियंका अभिनित पछिल्लो फिल्म ‘लक्का जवान’ गत बैशाख २५ मा प्रदर्शनमा आएको थियो । फिल्मले व्यावसायिक लाभ भने उठाउन सकेन । प्रियंकाले फिल्म अभिनयका लागि आमा बनेको समय बढेको आफ्नो तौल समेत घटाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array