ट्रफी डेस च्याम्पियन; पिएसजीले नान्टेसलाई ४-० गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्यो ।
पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।

यस संगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array