महिला साफ फुटबलका लागि समूह विभाजन, सात देशका सहभागिता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं: महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भुटान र श्रीलंका एउटै समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । घरेलु मैदानमा आयोजना हुने महिला साफ समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । यस्तै समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array