सुन पसलबाट १८ तोल गहणा र नगद चोरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं- बर्दियाको बारबर्दिया नगरपालिका -९ भादा बजारको सुन पसलमा चोरी भएको हो । बुधबार बिहान करिब २ बजे नगद, गरगहना र सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको हो । कतरनिया बजारस्थित सुनचाँदी पसलमा नगद १ लाखसहित १८ तोलाभन्दा बढी सुन लुटेको भन्दै पीडितले प्रहरीमा कार्यालयमा उजुरी गरेका छन् ।
पीडित अर्जुन घिमिरेको डेराबाट करिब ५ सय मिटर दूरीमा रहेको पसलमा मुखमा मास्क लगाएर आएका डकैत समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । घिमिरेलाई बाँधेर बनाएर पसलको ताल्चा खोल्न लगाई धानमाल लुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रवक्ता डीएसपी सूर्य सुवेदीले बताए ।

घिमिरेका परिवारलाई घरमै थुनेर केहीले पहरा दिई अन्यले पसलमा लुटपाट गरेका थिए । हातहतियारसहित आएका डकैतले पसलमा रहेको सीसीटिभीको हार्डडिक्स पनि लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्