आईसीसी यु-१९ विश्वकप छनौट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। बुधबार भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको हो।

हङकङले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि ओपनर शाहिल पटेलले सर्वाधिक ४२ रन बनाए। उनले ४१ बलमा ८ चौका प्रहार गरे। यस्तै कप्तान नरेन भट्टले २३ बलमा ८ चौकाको मद्दतमा ३९ रन बनाए। ओपनर निरज कुमार यादवले १२ बलमा ४ चौका प्रहार गरि २३ रन बनाए।

- Advertisement -
Ad image

यसअघि मुलपानी तल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।

हङकङका लागि कप्तान शिव माथुरले अर्धसतकीय पारी खेले। उनले एक सय १६ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, विर माथुरले १२ तथा ह्यारी थोमस हडसनले १० रन बनाए।

नेपालका लागि युवराज खत्रीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए। यस्तै बिपिन शर्माले तीन र सन्तोष यादवले दुई विकेट लिए।

जारी प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेरको थियो भने दोस्रो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेका थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्