महिला टी-ट्वान्टी विश्वकप बंगलादेशले आयोजना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ- महिला टी-ट्वान्टी विश्वकप बंगलादेशले आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले चार ठूला महिला क्रिकेट प्रतियोगिताको घोषणा गरेको हो। आईसीसीले घोषणा गरेको प्रतियोगिता अनुसार बंगलादेशले सन् २०२४ को महिला टी-ट्वान्टी विश्वकप आयोजना गर्ने भएको छ ।

बंगलादेशले सन् २०१४ को पुरूष टी २० विश्वकप आयोजना गरेको एक दशकपछि महिला टी-ट्वान्टी विश्वकपको आयोजना गर्ने मौका पाएको हो। सन् २०२५ मा भारतले एक दिवसीय विश्वकपको आयोजना गर्नेछ। इंग्ल्यान्डले सन् २०२६ मा महिला टी–ट्वान्टी विश्वकप आयोजना गर्नेछ। श्रीलंकामा २०२७ फेब्रुअरीमा एक टी-ट्वान्टी च्याम्पियन्स ट्रफी आयोजना हुनेछ।

सेप्टेम्बर-अक्टुबरमा हुने प्रतियोगितामा १० टोलीले २३ खेल खेल्नेछन्। भारतले सन् २०२५ मा पाँचौ पटक महिला एक दिवसीय विश्वकप आयोजना गर्दैछ। प्रतियोगितामा ८ टोलीले ३१ खेल खेल्नेछन्।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

TAGGED: