बाँकेमा एक दम्पती मृत फेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं- बाँकेको कोहलपुर नगरपालिकास्थित पार्वतीपुरमा एक दम्पती मृत फेला परेका छन्। श्रीमती  अञ्जली गडरिया घरभित्र र श्रीमान् कृष्णकुमार गडरिया घर बाहिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार ‘घटनास्थलमा चुँडिएको डोरी र दुवैको शरीरमा चोट लागेकाले कोही कसैले हत्या गरिएको आशंका गरेको छ। उनीहरुको एक वर्षअघि मात्रै विवाह गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घट्नास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array