साफ यू–२०: माल्दिभ्समाथि नेपालको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ- साफ यू–२० च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० ले शानदार जित हासिल गरेको छ। । भारतमा सोमबारबाट सुरु भएको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो।

खेलको सुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांश समय बलमा पकड जमाए पनि ४२औँ मिनेटमा मात्र सुरुवाती अग्रता लिएको थियो । नेपालका दीपेश गुरुङले ४२औँ मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

पहिलो हाफको अग्रतासँगै उच्च मनोबलका साथ खेलेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ५८औँ मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरत्न छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए । ६२औँ मिनेटमा नेपालका कप्तान आयुष घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा पुर्याएका थिए । यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array