मन्दाकिनी हाइड्रोपावरको सेयर आजबाट खुल्ला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि सेयर जारी गरेको छ। कम्पनीको आइपीओ खरिदका लागि आगामी बिहीबार साउन १२ गते०सम्म दरखास्त खुला गरेको हो।
प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता सेयर जारी गरेको छ। यसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता कर्मचारीले पाउने छन्।

आम सर्वसाधारणको भागमा १० लाख ९३ हजार ७४९ कित्ता सेयर छुट्याइएको छ। कम्पनीको सेयरमा न्युनतम १० र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्