पहिरोमा पुरिंदा एकै घरको तीन जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ- अछाममा पहिरोले घर पुरिंदा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा घर पुरिंदा स्थानीय पदम सिंह विष्टको परिवारका सदस्यहरुको मृत्यु भएको स्थानियले जानकारी दिएका छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ भने मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्