देशभर वर्ष हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं- मौसम देशभर अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी

प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले बताएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि देशभर अधिकांश स्थानमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array