सेयर बजारप्रति लचिलो मौद्रिक नीतिपछि नेप्सेमा उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं- मौद्रिक नीति सेयर बजारप्रति केहि लचिलो आएपछि साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । नेप्से ४०.२१ अङ्कले बृद्धि भइ २०७८.५१ विन्दुमा रोकिएको छ । आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २ अर्ब ७३ करोड बढिको कारोबार भएको छ । अघिल्लो हप्ताको बिहिबार र शुक्रबार लगातार घटेको बजार आइतबार बढेको हो । अघिल्लो हप्ता फराकिलो अन्तरले घटेका उपसुचकहरु फराकिलो अन्तरले नै बढेका छन् ।

बैंक, बीमा, हाइड्रपावर, उत्पादनमुलक क्षेत्र, माइक्रोफाइनस, होटल, टेड्रिक र म्युचल फन्ड लगायत सुचिकृत सबै उपसूचकहरु बढेका छन् ।

सबै भन्द बढि अङ्कले लाइफ इन्सोरेन्स कम्पनीहरु २०७.७७ अङ्कले बढेका छन् । बैंकिङ समूहक करिव २३ अंकले उक्लिएको छ भने विकासब क १७७ र फाइनान्स ११८ अंकले उक्लिएको छ। लघुवित्त पनि १७५ अंकले बढेको छ। जीवन बीमा करिव २०८ र निर्जीवन बीमा ११८ अंकले बढेको छ।

राष्ट्र बैंकले ४ र १२ मध्ये ४ करोडको सीमा खारेज गरेर एक घरपरिवारमा एक व्यक्तिले १२ करोडसम्म शेयर कर्जा लिन पाउने व्यवस्थाका कारण लगानी कर्ताको मनोबल बढेको बजारले देखाउछ । यस्तै २५ लाख रुपैयाँसम्मको ऋणमा जोखिम भारित सम्पति १५० प्रतिशतबाट झारेर सत् प्रतिशत कायम गरे पुग्ने ब्यवस्था गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array