जर्मनीमा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
0 Min Read
Aa
Numerous emergency and rescue forces are in action after a serious train accident in Garmisch-Partenkirchen, Germany, Friday, June 3, 2022. According to the authorities, at least three people have been killed and many injured. (Josef Hornsteiner/dpa via AP)

काठमाडौं – जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस-पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन्। दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्