काठमाडौं महानगरले तोकिएको भन्दा ठूला साइजका ९ हजार होडिङ बोर्ड हटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड हटाएको छ ।  तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

- Advertisement -
Ad image
सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको भए पनि तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रति वर्गफिट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: