कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। केन्द्रीय निर्वाचन समितिले गत सोमबार नै सूचना जारी गरी निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन निर्देशन दिएको थियो।

- Advertisement -
Ad image

असोज १८ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न १५औं महाधिवेशनमार्फत गगन कुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। नवनिर्वाचित सभापति गगन थापाले भने दसैँको फूलपातीका दिन (असोज ३१ गते) नै पदबहाली तथा शपथ ग्रहण गरिसकेका छन्।

महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र खुल्लातर्फ डा. चन्द्र भण्डारी, मधुप्रसाद आचार्य तथा समावेशीतर्फ विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयसमशेर राणा र डा. डिला सङ्ग्रौला चुनिएका छन्।

नेपाली कांग्रेसको विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ, जसमा ६६ जना सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ। बाँकी सदस्यहरूको मनोनयन तथा आगामी कार्यदिशा तय गर्न आजै शपथ ग्रहणलगत्तै सानेपामै केन्द्रीय समितिको बैठक बस्ने तयारीसमेत गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्