राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा  आएकी थिइन् ।

- Advertisement -
Ad imageAd image

सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो ।

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन ।

अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दल भित्र नरहेको बताइन । `सरकारलाइ विश्वासको मत दिए पनि हामी प्रतिपक्षको वेञ्चमा छौं । हामीले उठाउदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन´, उनले भनिन्, `हामीले दिएको उम्मेदवारी फिर्ता लिदैनौं ।´

नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्