प्रहरीको लापरबाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं–
प्रहरीको लापरबाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । परिवारजन तथा स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै आम्दोलन गरेका हुन् ।
हत्या गरिएका विष्णु साहका मामा महेश साहले प्रहरीले लापरबाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाएका छन् । उनले अपहरणमा परेपछि आफूहरुले प्रहरीसमक्ष केही युवकलाई पक्राउ गर्न माग गर्दा पनि पक्राउ नगरिएको आरोप लगाएका छन् । । तर हत्यापछि प्रदेश प्रहरीले आफूहरुले भनेकै युवकहरु पक्राउ गरेको बताएका छन् । उनले भने, ‘जिल्ला प्रहरीले पहिला नै तिनीहरुलाई पक्राउ गरेको भए आज मेरो भान्जा जिउँदो हुन्थ्यो।’
स्थानीयले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले भने यस घटनामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । भारतीय प्रहरीले पाँच जनालाई र नेपाल प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।
गत पुस २७ गते ज १२ प ८०४ नम्बरको मोटरसाइकलमा घरबाट भारततर्फ न्वारणको भोज खान निस्केका रोहित साह र विष्णु साह बेपता भएका थिए। सोही दिनदेखि उनीहरुको मोबाइल अफ भएको थियो । दुई दिनपछि विष्णुकै फोनबाट विष्णुका बुवाको मोबाइलमा फोन आएको थियो। अपहरणकारीले विष्णुलाई छाड्न १० लाख रुपैयाँ लिएर आउन भनेका थिए।
अपहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

अनुसन्धानकै क्रममा आइतबार बिहान करिब साढे दुई बजे भारतको बिहार राज्यको सितामढी जिल्ला पर्सा ग्राम थाना बेलामा दुई जनाकै शव गाडिएको अवस्थामा फेला परेको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्