बैंक तथा वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखियो: राष्ट्र बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताएको छ । कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।

गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए ।

गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी गरे । बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने उनको भनाइ थियो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताए ।

- Advertisement -
Ad image

बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउने बताए । व्यवसायीहरूले बैंकको व्याज महंगो भएको भन्दै त्यसविरुद्ध आन्दोलन गरिरहँदा गभर्नर अधिकारीले त्यसप्रति लक्षित गर्दै आन्दोलन रोक्न र कर्जा तिर्न दबाब दिएका हुन् ।

गभर्नर अधिकारीले आन्दोलनरत व्यवसायीहरूले अराजक व्यवहार देखाएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए । गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने पनि बताएका थिए । उनले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसार वित्तीय कारोबारको आवश्यकता भएको बताए । कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्