काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ ।
छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेकी छन् । आइतबार अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गरेकी हुन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने, रजिस्टार प्रकाश थापा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज शर्माको आग्रहमा मन्त्री शर्माले अर्थ मन्त्रीलाई भेटेर बजेट माग गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्