प्रतिनिधिसभा बैठकमा उपसभामुख चयन हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ।

आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।

- Advertisement -
Ad imageAd image

उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ सङ्ख्या आवश्यक पर्छ।

अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई नेकपा (एमाले)का ७९, नेकपा (माओवादी केन्द्र)का ३२, रास्वपा २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा)को १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ।

सहिदनगर– १ धनुषानिवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, नेकपा (एकीकृत समाजवादी)को १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्