काठमाडौं–
पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा पदयात्रमा जादाँ लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो ।
पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धवलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो ।
मृतक लामाको शव भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले जानकारी दिएका छन् ।
कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको जानकारी दिएको छ ।
यस्तै, लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ छ । मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला

प्रतिक्रिया दिनुहोस्