सेयर बजारमा उत्साह: नेप्सेमा ३१.५४ अंकको वृद्धि हुँदा साढे ८ अर्बमाथिको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३१.५४ अंकले बढेर २,६९५.६० विन्दुमा पुगेको छ। पछिल्ला दिनहरूमा लगातार उतारचढाव देखिएको बजारमा आज दोहोरो अंकको सुधार आएसँगै लगानीकर्ताहरूमा थप उत्साह थपिएको छ।

आज दिनभर कुल ३५० वटा कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ६९ हजार ६ सय १९ पटक खरिदबिक्री भएका छन्। ठूला र बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले बढेर ४८८.२१ विन्दुमा बन्द भएको छ। बजारमा उत्साहजनक खरिदबिक्री हुँदा आज कुल कारोबार रकम ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

- Advertisement -
Ad image

आज बजारमा कारोबार भएका कुल कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको सेयर मूल्य भने स्थिर रहेको छ। आज बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्