मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादवको दाबी पेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवले दाबी पेस गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो ।

उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।

- Advertisement -
Ad image
नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार (भोलि) अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका छन् । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्