समयमै हस्तक्षेप गरेर आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति रोक्न सफल: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गलत दिशामा जान थालेका बेला समयमै हस्तक्षेप गरेर आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति रोक्न सफल भएको र राजनीति सहि दिशमा ल्याउन सफल भएको बताए । नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद, पार्टीभित्र जटिलता , दक्षिणपन्थी अवसरवाद , निरङ्कुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति पनि देखापरेको काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बताए ।
उनले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गर्न जनताको साथ पाएको नेपालले बताए । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणाली उठाएका उम्मेदवारहरु मध्ये ५० प्रतिशतले सफलता हासिल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array