प्रभु साहले घोषणा गरे आम जनता पार्टी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

प्रतिनिधि सभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन्।

मंसिर ४ को चुनावअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई रौतहट ३ मा कांग्रेस र माओवादीले पनि साथ दिएका थिए। काठमाडौंस्थित क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ‘आम जनता पार्टी’ घोषणा गरेका हुन्।

- Advertisement -
Ad image

उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन्। अहिले प्रभु साहले ५१ सदस्यीय केन्द्री कमिटी बनाएका छन्।

साह स्वतन्त्र सांसद भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल र नेकपा एमालेका दोस्रो, तेस्रो तहका नेताहरुसँग संवादमा थिए।

तर उनको तत्कालै कुनै पार्टीसँग कुरा मिलेन। एमालेले उनलाई साधारण सदस्यबाटै निष्कासित गरिसकेको छ। माओवादी र समाजवादीले पनि उनका माग पूरा गर्ने अवस्था तत्कालै नदेखिएपछि नयाँ यात्रामा निस्किएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्