प्रभु साह नयाँ पार्टी खोल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नवनिर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन्। रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका साहले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।

निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए। उनले पार्टीको नाम जुराइसकेका छैनन्।

- Advertisement -
Ad image

तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्यसमेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ। रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन्। मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट मानिन्छ। त्यसैले उनीसँग तीनजना प्रतिनिधिसभा सदस्य छन्।

मधेस प्रदेशमा प्रभु साह निकट तीन-चारजना निर्वाचित छन्। सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्