जनता सहभागिता नभएको विकास सफल हुन्न: ऊर्जा मन्त्री पम्फा भुसाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनता सहभागिता नभएको विकास सफल नहुने बताएकी छन । ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभा शुक्रबार उद्घाटन गर्दै यस्तो बताएकी हुन । मन्त्री भुसालले भनिन्, जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।

आफूले बुङ्मतिका जनताको खेत सिँचाइका लागि महत्त्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

- Advertisement -
Ad image

कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उनले भनिन्, ‘बुङ्मतिका हरेक घरमा एक कोठा घरबास (होम स्टे) का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।’ बुङ्मतिका कलासंस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्