टि-२० एसिया कप: अफगानिस्तानमाथि भारतको रोमाञ्चक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – टि-२० एसिया कप २०२२ को सुपर फोर अन्तरगतको खेलमा भारतले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ । विराट कोहलीको शतक र भुवनेश्वर कुमारको उत्कृष्ट बलिङको सहयोगमा भारतले अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ ।

जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । अफगानिस्तानका ईब्राहिम जद्रानले ५९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

राशिद खान १५ र मुजिब उर रहमानले १८ रन बनाउन बाहेक अफगानिस्तानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ५ विकेट लिए । अर्शदीपसिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array