बालकालिकाको अश्लील सामग्री बनाएको अभियोगमा दुईजना जेल चलान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बाल यौनसम्बन्धी अश्लील सामग्री उत्पादन र वितरण गरेको अभियोगमा अमेरिकाको फ्लोरिडाका दुईजना पुरुषलाई संघीय कारागार चलान गरिएको छ । मेलवर्नका क्रिस्चियन राइसलाई यस्ता सामग्रीको उत्पादन र वितरण लगायत तिनीहरूलाई साथमा राखेको अभियोगमा ३० वर्ष लामो कारवास सजाय सुनाइएको छ ।

सो कैद भुक्तान गरिसकेपछि पनि पुनः २० वर्ष उनले यौन अपराधीको हैसियतले परीक्षण काल गुजार्नु पर्ने बताइएको छ । ज्याक्सनभिल्ले निवासी ४७ वर्षीय रोवर्ट रिप्लीलाई पनि यसै अभियोगमा १४ वर्ष लामो संघीय कारावास सजाय र १० वर्ष यौन अपराधीको रूपमा परीक्षण कालमा बस्नुपर्ने सजाय तोकिएको छ ।

- Advertisement -
Ad image

हराइरहेका र शोषित बालबालिकाको उद्धारका लागि गठित राष्ट्रिय केन्द्रले त्यस्ता पीडित बालबालिकामाथि अश्लील यौन सामग्री बनाएर अनलाइन च्याट समूहमार्फत वितरण भइरहेको सुराक दिएपछि सन् २०२१ को जुलाईमा ब्रभार्ड काउन्टी सेरिफ कार्यालयले अनुसन्धान सुरु गरेको थियो । उनीहरूको दुष्कर्मको शिकार पाँच वर्षीय बालकसमेत भएको अनुसन्धानबाट खुलेको थियो ।

यस अनुसन्धान कार्यमा बालबालिकाविरुद्धको इन्टरनेट अपराध हेर्ने कार्यदल र मातृभूमि सुरक्षा अनुसन्धान निकायले पनि अहम् भूमिका निर्वाह गरेका थिए ।

स्रोत  डब्ल्यूएफटीभी ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्