गठबन्धन टुटाएर निर्वाचनपछि प्रधानमन्त्री बन्न डा. शेखर कोइरालालाई एमाले अध्यक्ष ओलीको प्रस्ताव

स्थितिलाई सामान्य बनाउदै फेरि ओलीले डा. कोइराला समक्ष गठबन्धन टुटाउन र भावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । जवाफमा कोइरालाले कांग्रेसले १०० सिट नपाए गठबन्धन नहुने बताएका थिए । उक्त भेटमा ओलीले डा. कोइरालालाई निर्वाचन जिताउने वचन समेत दिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई  अहिले गठबन्धन टुटाएर निर्वाचनपछि एक कार्यकाल प्रधानमन्त्री बन्न नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रस्ताव गरेका छन् ।

बिश्वस्त श्रोतका अनुसार नेपाली काँग्रेसले कम्तिमा एक सय सीटमा उम्मेदवार उठाउन पाउनुपर्ने अडान राख्दै आएका नेता डा.शेखर कोइराला र एमाले अध्यक्ष ओलीवीच हिजो भएको भेटमा ओलीले यस्तो प्रस्ताव राखेका हुन् ।

आरजु राणा देउवालाई भावी प्रधानमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएको समाचार सार्वजनिक भएपछि झस्किएका कांग्रेस नेता कोइराला, सभापति शेरबहादुर देउवालाई असफल बनाउन गठबन्धन टुटाउन सक्रिय रहेको कोइराला निकट अति बिश्वस्त श्रोतले बताएको छ । जसलाई महामन्त्री गगन थापाको समेत समर्थन रहेको बताइएको छ ।

हिजो भएको भेटमा पहिले एमाले अध्यक्ष ओलीले आफ्नो शैली अनुसार व्यंग्य गर्दै म्याडमलाई प्रधानमन्त्री बनाउने भईयो हैनत? भनेका थिए । अचानक त्यस्तो सुन्दा डा. शेखर कोइरालाको अनुहारमा चिन्ताको भाव प्रष्ट देखिन्थ्यो।

स्थितिलाई सामान्य बनाउदै फेरि ओलीले डा. कोइराला समक्ष गठबन्धन टुटाउन र भावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । जवाफमा कोइरालाले कांग्रेसले १०० सिट नपाए गठबन्धन नहुने बताएका थिए । उक्त भेटमा ओलीले डा. कोइरालालाई निर्वाचन जिताउने वचन समेत दिए ।

त्यसपछि अध्यक्ष ओली झापा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array