काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान रोकिएको छ। सिंहदरबारमा उनलाई महाभियोग सिफारिस समितिको बैठकमा बोलाएको थियो । बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिएका छन ।
समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए। समितिले भदौ १९ गते उनलाई बयानका लागि बोलाएको छ।
प्रतिक्रिया दिनुहोस्