कैलाली ५ मा कांग्रेसबाट आरजु राणा सर्वसम्मत उम्मेदवार सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – कैलाली– ५ बाट कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सर्वसम्मत सिफारिस भएकी छन । बुधबार कैलाली ५ को प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिबाट आरजुको नाम एकल सिफारिस भएको हो ।

कैलाली ५ का सभापति भीम पडालले प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि आरजुको मात्रै नाम सिफारिस भएर आएको बताए । आज बस्ने क्षेत्रीय कार्यसमिति बैठकबाट पनि उनका नाम एकल सफारिस हुने पडालको भनाइ छ । यस्तै समानुपातिक तर्फ संघीय सांसदमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array