काठमाडौं
नेकपा एमालेका अध्यक्ष खड्का प्रसाद शर्मा ओलीले प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार निर्वाचन नगरी सहमतिबाट छान्न निर्देशन दिएका छन् । आइतबार निर्वाचन परिचालन समितिको बैठकमा एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरेका हुन् ।
तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकांक्षीको नाम संघमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै कुनै सुकै हालतमा चुनाव गर्न हुँदैन उनले भने ।’ चुनावमा गुटबन्दी हुने भएकाले पराजित उम्मेदवारले अर्को उम्मेदवारलाई चुनावमा सहयोग नगर्ने भएकाले चुनावबाट उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।
प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार सहमतिबाट छान्न अध्यक्ष ओलीको निर्देशन
आइतबार निर्वाचन परिचालन समितिको बैठकमा एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्