कोलेस्ट्रोल कम गर्ने घरेलु उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौ – कोलेस्ट्रोल आफैंमा नराम्रो होइन । यो हाम्रा शरीरका लागि अत्यावश्यक छ । आवश्यकता भन्दा बढि कोलेस्ट्रोल हुनु हानिकारक छ । शरीरमा कलेजोले उत्पादन गर्ने बोसो जस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नुको मुख्य कारण अस्वस्थकर र असन्तुलित खानाको सेवन हो । त्यसैले कोलेस्ट्रोल घटाउने तर्फ लाग्नु पर्दछ । यसका लागी यि खानेकुरा सेवन गर्नु लाभदायक हुन्छ ।

गेडागुडी
सिमी गेडागुडीलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । विशेष गरेर राजमा, दालहरु कोलेस्ट्रोल घटाउनका लागि उपयोगी हुने गर्छन् ।

ओख र रबदाम
ओखर तथा बदाममा ओमेगा ३ लगायत शरीरका लागि उपयोगी तत्व हुन्छ । ओखर तथा बदामहरुको सेवनले खराब कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ ।

एवोकाडो
एवोकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ । एवोकाडोबाट पाइने पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

बोसोयुक्त माछा
बोसोयुक्त माछा खादाँ पनि कोलेस्ट्रोल कम हुन्छ । यस्ता माछामा ओमेगा ३ पाइने भएकाले शरीरका खराब कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

बैगुन
बैगुन अर्थात भन्टा खादाँ केहीलाई एलर्जी भएपनि कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि यो अत्यन्तै लाभदायी वस्तु हो । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

भटमास
कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को अन्न हो, भटमास । भटमासले खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । भटमास प्रोटिनको सर्वोत्तम स्रोत मानिन्छ ।

फलफूल
कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि स्याउको सेवन फाइदा हुन्छ । विशेष गरी स्याउमा पाइने पेक्टिन फाइबरले शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

ओटमिल
फाइबरले भरिपूर्ण ओटमिल बिहानको खाजामा सर्वोत्तम मानिन्छ । खासगरी ओटमिलमा पाइने घुलनशील फाइबरहरु शरीरमा कोलेस्ट्रोल घटाउन निक्कै उपयोगी हुने गर्छन् ।

काला चकलेट
काला चकलेटको नियमित सेवनले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ । तर चिनी वा गुलियो मिसाएर बनाइएको चकलेट भन्दा कोका रहेको चकलेटको सेवन उत्तम हुन्छ ।

वनस्पति तेलहरु
शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन सूर्यमुखी वा जैतुनको तेलहरु राम्रो विकल्प हो । तर तेलले मात्र कोलेस्ट्रोल घट्ने भन्ने चाहिँ हुदैन ।

चिया
फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउन लागि फाइदाजनक मानिन्छ । यसले मुटुसम्बन्धी समस्याहरुबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्

Array